×

सभामुख घिमिरे बालुवाटार सर्ने तयारीमा

फाल्गुन १९, २०७९ | दाक्सु मिडिया सम्वाददाता

 सभामुख देवराज घिमिरे बालुवाटारस्थित सरकारी भवनमा सर्ने भएका छन् । गत ५ माघमा सभामुख चयन भए पनि वासस्थान नहुँदा लोकन्थलीस्थित निवासमा बस्दै आएका सभामुख घिमिरे मन्त्रिपरिषदको निर्णयसँगै बालुवाटारमा सर्ने भएका हुन् ।
 
‘सोमवारको मन्त्रीपरिषद बैठकले सभामुखको निवास स्थान पुरानै सभामुख निवास तय गरेको छ, आवाश्यक प्रक्रिया पुरा भए पछि र रंगरोगनको काम सकिए पछि चाँडै नै सभामुख बालुवाटारस्थित सरकार निवासमा सर्नु हुनेछ, ’ घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: