प्रधानमन्त्री देउवा ९ : ५७ बजेको शुभ साइतमा बालुवाटार सर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण १

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार सर्दैछन् । प्रधानमन्त्री देउवा शुक्रबार विहान ९ः५७ बजेको शुभ साइतमा बालुवाटार सर्ने उनको सचिवालयले जनाएको छ । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपनि निजी निवास बूढानीलकण्ठमै बस्दै आएका थिए । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै बुधबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छोडेका थिए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *