×

बञ्चरोले हानेर रातभरि पतिसँगै सुतेकी आइसोरीको ६ वर्षे अदालती सुनुवाइ

फाल्गुन १९, २०७९ | दाक्सु मिडिया

अघिल्लो दिन ससुराली गएका हंसबहादुर राई साँझ फर्किसकेको आमाबुवाले थाहा पाएका थिए। तर घरका झ्यालढोका बन्द देखेर उनीहरूको मनमा चिसो पस्यो।

कुनै चालचुल नदेखेपछि उनीहरू हंसबहादुरको घर गए। बन्द ढोकाको चेपबाट चियाए। उनीहरू त उठेकै रहेनछन्। बोलाउँदा पनि बोलेनन्।

त्यतिञ्जेल गाउँलेहरू जम्मा भइसकेका थिए।

ढोका फोडेर हेर्दा हंसबहादुर आफ्नै बिस्तरामा रगतले लतपतिएको अवस्थामा भेटिए। उनको टाउको फुटेको थियो र उनीसँगै खुट्टा खापेर सुतेकी थिइन् उनकी श्रीमती आइसोरी (ऐश्वर्य) राई।

बिस्तरा नजिकै रगत लतपतिएको बञ्चरो पनि भेटियो।

यो घटनाले मोरङको साबिक पाटी गाविस-१ वारेफुङ गाउँ आतंकित भयो। गाउँलेहरूले प्रहरीलाई खबर गरे। प्रहरी आएर घटनास्थल मुचुल्का गर्‍यो।

भोलिपल्ट हंसबहादुरका काका छोरा शेरबहादुरले आइसोरीले नै आफ्ना दाजु मारेको भन्दै किटानी जाहेरी दिए। आइसोरीले प्रहरीसमक्ष हत्या सकारेको देखिन्छ। सरकारी वकिलले पनि उनीविरूद्ध श्रीमानको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद हुनुपर्ने भन्दै मुद्दा चलायो।

छ वर्षअघि यसरी श्रीमान मारेको घटनाकी अभियुक्त आइसोरीले सर्वोच्च अदालतबाट सफाइ पाएकी छन्।

उनलाई सफाइ दिनुअघि जिल्ला, उच्च र सर्वोच्च अदालतमा लामो बहस भएको देखिन्छ। सर्वोच्च आइसकेपछि न्यायाधीश ईश्वर खतिवडा र सपना प्रधान मल्लबीच उनलाई सजाय सुनाउने कि सफाइ दिने भन्नेमा राय बाझिएको थियो। न्यायाधीश खतिवडाले आठ वर्ष सजायको राय दिए पनि मल्लले कसुरबाट उन्मुक्ति पाउनुपर्ने फैसला गरेकी थिइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: