संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ स्थगित गर्न सर्वोच्चको आदेश

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १७

काठमाडौं। सर्वोच्च अदालतले संवैधानिक परिषद्ले गरेका नियुक्तिसम्बन्धमा परेका रिटहरुको संवैधानिक इजलासमा भोलीको लागि तोकिएको सुनुवाई रोक्न आदेश दिएको छ ।

न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्नै पर्ने माग सहित परेको रिटमा प्रधानन्यायाधीश बस्न मिल्ने वा नमिल्ने भन्ने मुद्दाको अन्तिम टुंगो नलागेसम्म संवैधानिक इजलासमा भइरहेका मुद्दाहरूको सुनुवाई नगर्न आदेश दिएको हो ।

आदेशको जानकारी आजै विपक्षीहरूलाई गराउनु भनी आदेश गरिएको छ ।

 १५ दिनभित्र प्रधानन्यायाधीशको सहभागिता सम्बन्धमा लिखित जवाफ पेस गर्नसमेत सर्वोच्च न्याय परिषद् र कानुन व्यवसायी न्याय परिषद्लाई आदेश दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *