किलिमन्जारो चढे राजु लामा, ‘सेभेन समिट’को लक्ष्यतर्फ अर्को पाइला

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २८

काठमाडौं । नेपाली गायक तथा गीतकार राजु लामाले अफ्रिकाको सर्वोच्च शिखर माउन्ट किलिमन्जारोको सफल आरोहण गरेका छन्। ५ हजार ८९५ मिटर अग्लो किलिमन्जारोको शिखर उनले अगस्ट ११ बिहान करिब ९ बजे स्थानीय समयअनुसार चुमेका हुन्।

आईएफएमजीए माउन्टेन गाइड अबिरल राईसँगै आरोहणमा गएका लामाले यसअघि सन् २०२२ मा सगरमाथासमेत सफलतापूर्वक आरोहण गरिसकेका छन्। किलिमन्जारो आरोहणसँगै उनले ‘सेभेन समिट’ अभियानअन्तर्गत चारवटा महादेशका सर्वोच्च शिखर चुमिसकेका छन्।

लामाले सगरमाथासँगै कार्स्टेन्स पिरामिड, माउन्ट एल्ब्रुस र किलिमन्जारो आरोहण गरेका छन्। अब उनको अभियान पूरा गर्न उत्तर अमेरिकाको डेनाली, दक्षिण अमेरिकाको अकोन्कागुवा र अन्टार्कटिकाको माउन्ट भिन्सन आरोहण गर्न बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *