रोल्पा पहिरोमा ७ जनाको ज्यान गयो, ५ अझै बेपत्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २८

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–५, कोतलाबाङमा गएको पहिरोमा परी ७ जनाको मृत्यु र ५ जना बेपत्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ।

रास्वपाले मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गर्दै बेपत्ताको तत्काल खोजी र घाइतेको प्रभावकारी उपचार गर्न सरकारसँग आग्रह गरेको छ। पछिल्लो समय बाढीपहिरोबाट विभिन्न क्षेत्रमा क्षति बढ्दै गएको भन्दै उद्धारसँगै पूर्वतयारीमा पनि जोड दिनुपर्ने पार्टीको भनाइ छ।

रास्वपाले जोखिमयुक्त बस्ती पहिचान, प्रभावकारी पूर्वसूचना प्रणाली तथा सुरक्षित स्थानान्तरणको व्यवस्था गर्न तीनै तहका सरकारलाई आग्रह गरेको छ। साथै, निरन्तर वर्षाका कारण जोखिम बढेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र नदी किनार तथा पहिरो जोखिम क्षेत्रका नागरिकलाई सतर्क रहन अपिल गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *