प्रदेश प्रमुखसँग मुख्यमन्त्री कार्कीको राजनीतिक भेटवार्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २८

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग भेटवार्ता गरेका छन्।

मुख्यमन्त्री कार्कीसहितको टोली बिहीबार विराटनगर–३ स्थित प्रदेश प्रमुखको कार्यालय पुगेर खापुङसँग भेट गरेको हो। भेटमा प्रदेशको पछिल्लो राजनीतिक अवस्था र सरकारमा देखिएको फेरबदलका विषयमा छलफल भएको जनाइएको छ।

आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपका अनुसार भेटका क्रममा कांग्रेसबाट मन्त्रीहरूले दिएको राजीनामा तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रदेश प्रमुखलाई जानकारी गराइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *