|
२०८३ श्रावण २८
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने आवश्यक खोप तथा औषधि नेपाल आइपुगेको छ। स्वास्थ्य सेवा विभागका अनुसार सर्पदंशविरुद्धको ८ हजार २ सय भायल खोप बिहीबार टेकुस्थित केन्द्रीय भ्याक्सिन स्टोरमा प्राप्त भएको हो।
त्यस्तै, रेबिजविरुद्ध प्रयोग हुने १७ हजार ६ सय भायल रेबिज इम्युनोग्लोबुलिन पनि केन्द्रीय भण्डारमा आइपुगेको विभागले जनाएको छ।
निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी यी सामग्री सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा पठाइनेछ। खोप तथा औषधि उपलब्ध भएपछि सर्पदंश र रेबिजको जोखिममा रहेका बिरामीको उपचार थप सहज हुने अपेक्षा गरिएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्