×

प्रधानमन्त्री दाहालविरुद्ध सर्वोच्च अदालतमा आजको सुनुवाइ सकियो

फाल्गुन २६, २०७९ | दाक्सु मिडिया

प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा मंगलबार परेका दुईवटै रिटमाथि आजको सुनुवाइ सकिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको रिटको सुनुवाइ सकिए पनि आदेश आउन बाँकी छ ।

रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपानेलगायतले बहस गर्दै प्रधानमन्त्री दाहालमाथि व्यक्तिहत्यामा पक्राउको कारबाही चलाउन अदालतले आदेश दिनुपर्ने माग गरेका थिए । अर्का वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले भने फागुन १९ गतेको इजलासबाट आदेश गरेका कारण न्यायाधीश खतिवडाले सुनुवाइ गर्न नमिल्ने जिकिर गरेका थिए ।

गत फागुन १९ गते ज्ञानेन्द्रराज आरणसमेत आठजना र चिरञ्जीवी बास गिरीसमेत १६ जना द्वन्द्वपीडितले सर्वोच्च अदालतमा प्रधानमन्त्री दाहालविरुद्ध रिट दर्ता गरेका हुन् । रिटमा दाहालले जनयुद्धमा पाँच हजार मानिस मारिएको जिम्मा लिएको भन्दै उनलाई पक्राउ गरेर कानुनी कारबाही चलाउने आदेशको माग गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: