एमालेबाट राष्ट्रपति उम्मेदवार सुवास नेम्वाङले अरू दलका नेतालाई भेटेर भोट माग्ने

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १८

राष्ट्रपतिमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता सुवास नेम्वाङले अरू दलका शीर्ष नेतासँग भेटेर भोट माग्ने भएका छन्।

नेम्वाङसहित एमालेका नेताहरू आज नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगेर अध्यक्ष माधवकुमार नेपाललगायतसँग भेट्ने कार्यक्रम छ।

एकीकृत समाजवादीको बुधबारको सचिवालय बैठकले ८ दलको समर्थनमा राष्ट्रपति उम्मेदवार भएका रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरिसकेको छ।

बिहीबार बिहान ११ बजे नेम्वाङले अध्यक्ष नेपालसँग भेट्ने कार्यक्रम तय भएको छ। नेम्वाङसँगै नेता विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङलगायत पनि एकीकृत समाजवादीको कार्यालयमा जानेछन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बिहीबार दिउँसो १ बजे बसुन्धारास्थित कार्यालय पुगेर भेटवार्ता गर्ने र राष्ट्रपतिमा सहयोग गर्न आग्रह गर्ने कार्यक्रम तय भएको छ। नेम्वाङसँगै नेता योगेश भट्टराईलगायत रास्वपा कार्यालयमा जानेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *