×

माधव नेपाललाई भेट्न पुगे सुवास नेम्वाङ, राष्ट्रपतिको निर्वाचनमा सहयोग गर्न आग्रह

फाल्गुन १८, २०७९ | दाक्सु मिडिया

 नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले नेकपा एकीकृत समजावादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन् ।

एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न भन्दै बिहीबार अध्यक्ष नेपालसँग भेट गरेका हुन् । नेम्वाङसँगै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ र विमला राई पौड्याल थिए । एकीकृत समाजवादीबाट अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल, महासचिव वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झा छलफलमा सहभागी थिए ।

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै नेपाली कांग्रेसका तर्फबाट आठ दलको समर्थनमा उम्मेदवार बनेका रामचन्द्र पौडेल र एमालेका नेम्वाङ राष्ट्रपतिका लागि सहयोग माग्न तीव्र भेटघाटमा व्यस्त छन् । एकीकृत समाजवादीले बुधबार सचिवालय बैठकबाट राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: