एमाले र लोसपा नेताहरूबीच भेटवार्ता- के भयो कुराकानी?

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १९

नेकपा एमालेबाट राष्ट्रपति उम्मेदवार रहेका सुवास नेम्वाङसहित नेताहरूले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्षसहित नेताहरूसँग भेटवार्ता गरेका छन्।

एमाले नेताहरूले राष्ट्रपतिमा नेम्वाङलाई सहयोग गर्न आग्रह गर्दै आज लोसपाका अध्यक्ष महन्थ ठाकुरलगायतसँग कुराकानी गरेका हुन्।

भेटका क्रममा उम्मेदवार नेम्वाङले आफूलाई राष्ट्रपतिमा मतदान गर्न आग्रह गरेका थिए। अध्यक्ष ठाकुरले यसबारे पार्टीको बैठकमा छलफल हुने र निर्णय गर्ने बताएका थिए।

लोसपा नेता राजेन्द्र महतोले लोसपा ८ दलीय गठबन्धनमा सहभागी रहेकाले पार्टीको बैठकबाट नै यसबारेमा निर्णय गर्ने जानकारी एमालेका नेताहरूलाई दिइएको बताए।

एमाले नेता योगेश भट्टराईले भेटवार्ता सकारात्मक रहेको बताए। उनकाअनुसार एमाले उम्मेदवार नेम्वाङ र प्रधानमन्त्री पुष्पकमल दाहालबीच पनि भेटवार्ता र कुराकानी भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *