आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सदरमुकाम सल्लेरीेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
प्रतिनिधि सभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुको सदरमुकाम सल्लेरी स्थित जिल्ला समन्वय समितिको सभा हलमा आज बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
निर्वाचन आयोगबाट सोलुखुम्बु जिल्लाको लागि मूख्य विर्नाचन अधिकृतको रुपमा नियुत्त जिल्ला न्यायाधिस प्रकाश कुमार अधिकारीले कार्यालयको औपचारीक रुपमा उद्घाटन गर्नुभएको हो ।
मूख्य विर्नाचन अधिकृत अधिकारीले कार्यालयको उद्घाटन गर्दै स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबैले सहकार्य गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पूर्णरुपमा पालना गर्न सबैले राजनितिक दलदेखि नागरिक प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।
यस्तै सहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतिले निर्वाचनको निर्देशिका अनुसार निर्वाचनको कार्यतालिका तय गर्दै अगाडि बढ्ने बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय उदघाटन् कार्यक्रममा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनिल खनाल, प्रहरी नायव उपरिक्षक सुनिल जंग शाह, शसस्त्र प्रहरी नायव उपरिक्षक वीरेन्द्र खनाल, सोलुखुम्बुका जिल्ला निर्वाचन अधिकारी राम नारायण शाह लगायत अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्