×

सोलुखुम्बुमा आप्रवासी स्रोत केन्द्र स्थापना

भदौ ४, २०८१ | दाक्सु मिडिया


सोलुखुम्बुमा आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) स्थापना गरिएको छ । सोलुदुधकुण्ड नगरपालिकाले संघिय सरकार र प्रदेश सरकारसँगको सहकार्यमा स्रोत केन्द्र स्थापना गरेको हो ।

उक्त स्रोत केन्द्र जिल्ला प्रशासन कार्यलय परिसरमा सञ्चालन गरिने छ । वैदेशिक रोजगारीमा जान चाहनेहरु राहदानी बनाउन जिल्ला प्रशासन कार्यलयमा आउने भएकाले जिल्ला प्रशासन परिसरमा सहयता कक्ष स्थापना गरिएको नगरपालिकाले जनाएको छ । यस सहायता केन्द्रमा सहजिकरणको लागि एक जना कर्मचारीको समेत व्यवस्था गरिएको छ ।

वैदेशिक रोजगारलाई सुरक्षित र सरल बनाउने उद्देश्यले आप्रवासी स्रोत केन्द्रको स्थापना गरिएको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले बताउनु भएको छ ।  
शेर्पाका अनुसार वैदेशिक रोजगारलाई सुरक्षित बनाउँदै वैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि सूचना, परामर्श तथा सहजीकरण गर्नका लागि जिल्लामा आप्रवासी स्रोत केन्द्र सञ्चालन गरिएको हो ।  
नेपाल सरकारले वैदेशिक रोजगारीमा गएर नेपालीहरुले दुःख नपाउन भनेर उक्त कार्यक्रमको सुरुवात गरेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले बताउनु भएको छ ।

आप्रवासी केन्द्र (सहायता कक्ष) बाट वैदेशिक रोजगारीमा जानेहरुलाई उनीहरुले जान चाहेको देशको भाषा, काम गर्ने सीपको तालिमको बारेमा जानकारी दिइने छ । सहयता कक्षबाट वैदेशिक रोजगारीमा जान कुन देशको लागि के कस्ता कागजात चाहिन्छ भन्ने कुराको जानकारी पनि दिइने सहायता कक्ष प्रम’ख सलिना लामिछानेले बताउनु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: