गाउँपालिका उपाध्यक्षका देवरको निधनमा सार्वजनिक बिदा

DaksuMedia दाक्सु मिडिया
|
२०७९ असार ५

रुपन्देहीको मर्चवारी गाउँपालिकाले उपाध्यक्षको देवरको निधनमा सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाकी उपाध्यक्ष आशा सिंहको देवर नाता पर्नेको निधन भएकाले सार्वजनिक बिदा दिएको सूचनामा उल्लेख छ ।
गाउँपालिका अध्यक्ष गयाप्रसाद बरहीले जारी गरेको  सूचनामा गाउँपालिका कार्यालयदेखि विद्यालय र संघ संस्थाहरू सम्मलाई बिदा दिइएको उल्लेख छ । तर सूचनामा निधन भएका व्यक्तिको नाम भने उल्लेख छैन ।
प्रमुख प्रशासकीय अधिकृत मीनप्रसाद भट्टराईले आफूलाई  बिदाको सूचना बारेमा जानकारी नरहेको बताए । आफू घर बिदामा रहेकाले बिदाका बारेमा आफूलाई जानकारी नभएको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *