×

क्रिसमसको दुई दिन सार्वजनिक बिदा

पुस ९, २०८१ | दाक्सु मिडिया

काठमाडौं : मकवानपुरको राक्सिराङ गाउँपालिकाले भोलि र पर्सि (मंगलबार र बुधबार) सार्वजनिक बिदा दिएको छ ।

इसाई धर्मावलम्बीहरूले मनाउने क्रिसमसको उपलक्ष्यमा गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो । यो गाउँपालिकामा इसाई धर्मावलम्बीहरूको उल्लेख्य बसोबास रहेको छ

गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्थाहरू बन्द रहने अध्यक्ष राजकुमार मल्लले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: