सोलुखुम्बु । नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीको आठौँ विस्तारित बैठक बस्ने भएको छ । बैठक भोलि अर्थात ५ गते बिहीबार दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्ने नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीका अध्यक्ष डुफ कुमार बास्तोलाले जानकारी दिए ।
भर्चुअल माध्यमबाट बैठक बसेर विधान संशोधन प्रस्ताव प्रस्तुत र सोमाथि सुझाव सङ्कलन गर्ने कार्यसूची तय भएको छ ।
यस्तै बैठकमा केन्द्रीय कमिटी र कोशी प्रदेश कमिटीको अन्तर कमिटी निर्देशनको विषयमा समेत छलफल गरिने अध्यक्ष बास्तोलाले बताए ।
बैठकमा जिल्ला इन्चार्ज, केन्द्रीय सदस्यहरू, कोशी प्रदेश कमिटीका सचिव, केन्द्रीय तथा प्रदेश विभागीय सल्लाहकार परिषद्, जिल्ला सल्लाहकार परिषद्का अध्यक्ष, जिल्ला लेखापरिक्षण कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष, सोलुखुम्बु जिल्लाबाट जनसङ्गठनको केन्द्रमा प्रतिनिधित्व गर्ने प्रतिनिधि, जनसङ्गठनका जिल्ला अध्यक्ष साथै निर्वाचित वडा अध्यक्ष लगायतको उपस्थितिमा बैठक सञ्चालन हुने अध्यक्ष बास्तोलाले बताएका छन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्