एमाले सोलुखुम्बुले बोलायो जिल्ला कमिटी बैठक

DaksuMedia दाक्सु मिडिया
|
२०८० मंसिर १६

सोलुखुम्बु।नेकपा (एमाले) सोलुखुम्बुले जिल्ला कमिटीको बैठक आव्हान गरेको छ।

जिल्ला पार्टी कार्यालय सल्लेरीमा बस्ने गरि आगामी बुधबारका लागि एमालेले जिल्ला कमिटीको बैठक आव्हान गरेको हो।

बैठकमा पार्टीको केन्द्री य महाअभियान पुष्पलाल मध्यपहाडी लोकमार्ग ‘झुलाघाट देखि चिवाभन्ज्याङसम्म १८७९ किलोमिटर लामो समृद्धिका लागि संकल्प यात्रा २०८०’ को बिषयमा छलफल हुने बताईएको छ।

मंसिर १४ गते नेपाल-भारतको सीमावर्ती बजार बैतडीको झुलाघाटबाट सुरू भएको सो यात्राका क्रममा मंसिर २६ गते ओखलढुङ्गाको हर्कपुरमा बृहत सभाको आयोजना गर्ने कार्यक्रम छ ।सभालाई एमाले अध्यक्ष केपी ओली लगायतले सम्बोधन गर्ने बताईएको छ।

त्यसैको तयारी लगायतका बिषयमा छलफल गर्न जिल्ला कमिटी बैठक बोलाइएको जिल्ला कमिटी सचिब आशकुमार राई ‘शिशिर’ले जानकारी दिए।

बैठकमा जिल्लाको प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश कमिटी सचिवालय सदस्यहरु, प्रदेश सदस्यहरू, जिल्ला इन्चार्जहरु, जिल्ला कमिटीका सम्पुर्ण सदस्य, पालिका कमिटी अध्यक्षहरु , सल्लाहकार संयोजक , लेखा परीक्षण कमिटीका अध्यक्ष लगायतको सहभागिता रहने जानकारी उनलेे दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *