काठमाडौं : सोलखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ।
उपाध्यक्षमा भने दुई जनाको उम्मेमदवारी दर्ता भएको निर्वाचन अधिकृत मीना गुरुङले जानकारी दिइन्।
अध्यक्ष पदमा एमालेका तर्फबाट बुद्धिकिरण राई र उपाध्यक्ष पदमा जुनिता माया मगरले उम्मेद्वारी दर्ता गराएका छन्। यी दुबै गाउँपालिकाका हालका अध्यक्ष र उपाध्यक्ष हुन्। उनीहरुले राजिनामा दिएर पुन: उम्मेदवारी दर्ता गराएका हुन्।
त्यस्तै सत्तारुढ गठबन्धनका तर्फबाट अध्यक्ष पदमा कांग्रेसका चन्द्र बहादुर राई र उपाध्यक्ष पदमा माओवादी केन्द्रका गौरव राईले उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै गाउँपालिकाको अध्यक्ष पदका लागि मंगोल नेशनल अर्गनाइजेशनका रुद्रबहादुर रानामगरले पनि उम्मेदवारी दर्ता गरेका छन्।
गाउँ पालिका अध्यक्षमा ढलबहादुर मगरले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
७ वडा रहेको गाउँपालिकामा १८ जनाको वडाध्यक्षका लागि मनोनयन परेको छ। जसमध्ये दुई जना स्वतन्त्र रहेको निर्वाचन अधिकृत गुरुङले जानकारी दिइन।
गाउँपालिकाको वडा सदस्यमा ३१ जना, महिला सदस्यमा १५ र महिला दलित सदस्यमा १५ जना गरी ८५ जनाको उम्मेदवारी परेको छ।
दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्