×

समयानुकूलको व्यापार नीति बनाउन वरिष्ठ उपाध्यक्षमा मेरो उम्मेदवारी

चैत्र १, २०७९ | दाक्सु मिडिया सम्वाददाता

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका छन् । महासङ्घको आगामी चैत २८ र २९ हुने साधारण सभा तथा निर्वाचनमा श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले मुलुकभित्र नै व्यावसायिक वातावरण र लगानी सुरक्षाको वातावरण बनाउनको लागि आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिने घोषणा गरेको बताए । उपाध्यक्ष श्रेष्ठले समय परिवर्तनशील रहेकाले परिवर्तनशील समयअनुकुल नीति निर्माण गर्नको लागि पनि आफ्नो उम्मेदवारी रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: