खुम्बु भ्रमणमा आएका नेपाली मुलका एक पर्यटकको ज्यान

DaksuMedia दाक्सु मिडिया
|
२०७८ मंसिर १७

काठमाडौं :सोलुखुम्बुको खुम्बु भ्रमणमा आएका नेपाली मुलका एक अमेरिकी नागरिकको ज्यान गएको छ । ज्यान जानेमा ६१ बर्षीय विन्देश्वर पक्षपती रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरीका अनुसार विहिबार खुम्बु पासाङ ल्हामु गाउँपालिका ३ फाक्दिङ स्थित टेक्स होटलमा बास बसेका पक्षपतीको राती ज्यान गएको हो । रातको समयमा आगो ताप्दै गरेका पक्षपती एक्कसी ढलेका थिए ।

ढलेको केही समयमै उनको ज्यान गएको बताइएको छ । मृतकको शव पोष्ट मार्टमका लागि हेलिकप्टर मार्फत काठमाण्डौँ लगिएको छ । मृत्युको कारण भने पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।

पक्षमती विहिबार नै समिट एयरको जहाज मार्फत खुम्बु पुगेका थिए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *