
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्र जोड्ने सगरमाथा पर्यटन सडक खण्डको कालोपत्रेको सिलान्यास गरिएको छ । फाप्लु-रिङमु-टाक्सिन्दु-नुनथाला हुँदै खुम्बुपासाङल्हामु गाउँपालिका जोड्ने सडकको कालोपत्रे सिलान्यस गरिएको हो ।
फाप्लु हुँदै खुम्बु जोड्ने पर्यटन सडकको कालेपत्रे गरिने भएको हो । ट्रयाक ओपन भएर कालोपत्रे हुन नसकेको सगरमाथा पर्यटन सडक खण्डको कालोपत्रेका लागि लामो समयदेखि पहल गरिएको थियो ।
सदरमुकाम सल्लेरी–फाप्लु–रिङमु–नुनथला–टाक्सीन्दु हुँदै खुम्बु जोड्ने यो सडकखण्डको जम्मा ४३ किलोमिटरको डिपीआर तयार गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया