
काठमाडौं । अमेरिकाको न्यु योर्कमा आएको बाढीमा परेर तीन जना नेपालीको ज्यान गएको छ ।
न्यु योर्कमा बस्दै आएका सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–२ जुनबेसीका एकै परिवारका तीन जनाको ज्यान गएको युनाइटेड शेर्पा एसोसिएशन (यूएसए)ले जनाएको छ ।
बाढीका कारण आङ गेलु लामा, उहाँकी श्रीमती मिङ्मार शेर्पा र १९ महिने छोरा लोप्साङ लामाको ज्यान गएको हो एसोसिएशनले जनाएको छ । सोलुखुम्बुको दूधकुण्ड नगरपालिकाले पनि उनीहरुको ज्यान गएको पुष्टि गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया