युवाको बलिदान सम्झिने दिन : आज देशभर बिदा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २३

काठमाडौं । ‘जेन्जी’ आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति सम्मान प्रकट गर्दै आज देशभर ‘जेन्जी’ सहिद दिवस मनाइँदैछ। सहिदहरूको योगदानलाई स्मरण गर्ने उद्देश्यले सरकारले आज सार्वजनिक बिदा दिएको हो।

गत भदौ २३ गते भएको आन्दोलनले देशको राजनीतिक परिस्थितिमा ठूलो परिवर्तन ल्याएको थियो। आन्दोलनपछि तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो।

आन्दोलनका क्रममा जीवन गुमाएका युवाको सम्झना र सम्मानस्वरूप सरकारले सहिद दिवसका रूपमा आजको दिनलाई विशेष रूपमा मनाउने निर्णय गरेको हो।

भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले आजका लागि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *