|
२०८२ आश्विन १
आज असोज १ गते, नेपाल सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूप्रति सम्मान प्रकट गर्दै देशभर सार्वजनिक बिदा दिएको छ। सरकारी कार्यालय, विदेशस्थित नेपाली नियोगहरू बन्द छन् भने राष्ट्रिय झण्डा आधा झुकाइएको छ।
यसै दिन विश्वकर्मा पूजा पनि मनाइँदैछ। कालीगढ, इञ्जिनियर, निर्माणकर्मी तथा सवारीसाधन प्रयोगकर्ताहरूले विश्वकर्मा बाबाको पूजा गर्दै औजार, यन्त्र र सवारीसाधनको आराधना गर्छन्। यसो गर्दा काममा सफलता र दीर्घकालीन टिकाउ हुने विश्वास गरिएको छ।
वास्तुविद्हरूले आजको दिनलाई ‘वास्तु दिवस’का रूपमा पनि मनाउँछन्। स्थापत्यवेदमा आधारित वास्तुशास्त्रको पुनर्जागरणसँगै यसको महत्व नेपालमा बढ्दो छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्