|
२०८३ श्रावण ४
काठमाडौं — रुपन्देहीको तिनाउ नदीमा आएको ठूलो बाढीपछि जल तथा मौसम विज्ञान विभागले नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ।
विभागले सूचना जारी गर्दै नदीकिनार तथा डुबानको सम्भावना भएका क्षेत्रका बासिन्दालाई बिहानसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो।
तिनाउ नदीको जलाधार क्षेत्र र आसपासका स्थानमा निरन्तर वर्षा भइरहेकाले नदीमा पानीको बहाव बढेको विभागले जनाएको छ। जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन र आवश्यक सावधानी अपनाउन पनि आग्रह गरिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्