खनाल–वाङ यी संवाद : बाढीपछि उद्धारदेखि पूर्वसूचना प्रणालीसम्म छलफल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १३

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको बाढीपछि उत्पन्न अवस्थाबारे नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच शनिबार टेलिफोन संवाद भएको छ।

वार्तामा रसुवा–केरुङ क्षेत्रको बाढीबाट दुवै देशमा भएको मानवीय तथा भौतिक क्षतिबारे दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति समवेदना प्रकट गरिएको थियो।

छलफलका क्रममा विपद्पछिको खोजी तथा उद्धारलाई प्रभावकारी बनाउने, राहत व्यवस्थापन गर्ने र चीनमा रहेका अलपत्र नेपालीलाई सुरक्षित रूपमा स्वदेश ल्याउने विषय प्राथमिकतामा परेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

खनालले संकटका बेला चीनले उपलब्ध गराएको मानवीय सहयोगका लागि धन्यवाद दिएका थिए। साथै, आगामी दिनमा सीमावर्ती क्षेत्रमा हुन सक्ने विपद्को प्रभाव घटाउन जल तथा मौसमसम्बन्धी सूचना तत्काल आदानप्रदान गर्ने र पूर्वसूचना प्रणालीलाई अझ व्यवस्थित बनाउने विषयमा पनि सहमति भएको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *