चीन भ्रमणमा निस्कँदै परराष्ट्रमन्त्री खनाल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ३०

काठमाडौं, जेठ ३० — परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने औपचारिक भ्रमणका लागि आइतबार चीन प्रस्थान गर्ने भएका छन्।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हुने भ्रमणका क्रममा मन्त्री खनालले नेपाल–चीन सम्बन्ध, द्विपक्षीय सहकार्य र आपसी हितका विषयमा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका दौरान उनले बेइजिङमा आयोजना हुने लगानी सम्मेलनमा सहभागिता जनाउने तथा चिनियाँ व्यवसायीहरूसँग छलफल गर्नेछन्। साथै, त्यहाँ रहेका नेपाली समुदायसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल असार ३ गते स्वदेश फर्किनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *