|
२०८२ मंसिर २६
काठमाण्डौँ । काठमाण्डौं र भक्तपुरका विभिन्न स्थानमा गरी तीन जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका ३२, दोभानपुलस्थित बागमती खोलामा बिहीबार सोही स्थानमा बस्ने ५५ वर्षीय बैगुहरी भट्टराई मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी, काठमाडौं महानगरपालिका ९, गौशाला रून्चेडाँडास्थित ओम सहारा गेष्ट हाउसमा रामेछाप दोरम्बा गाउँपालिका २ घर भएका अन्दाजी ३५ वर्षीय फुर्वा तामाङ शुक्रबार मृत फेला परेका छन् ।
भक्तपुरतर्फ भक्तपुर नगरपालिका ८, च्यामासिंहस्थित पाटीमा बिहीबार हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६५ वर्षीय एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।
प्रहरीले यी तीनवटै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्