काठमाण्डौँ । विभिन्न जिल्लामा दुई महिलासहित ६ जना मृत अवस्थामा फेला परेका छन् । सप्तरी, सुनसरी, सुर्खेत, रुकुमपूर्व, उदयपुर र इलाममा मंगलबार एकैदिन ६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
सप्तरीको राजबिराज नगरपालिका-६ शान्ति टोलस्थित माछा पोखरीमा १९ वर्षीय युवकको शव फेला परेको छ ।
सोही ठाउँ बस्ने १९ वर्षीय अंगद कुमार मेहतर मंगलबार पोखरीमा मृत अवस्थामा फेला परेका हुन्। उनको मृत्युको कारण खुलेको छैन ।
त्यसैगरि सुनसरीको इटहरी उपमहानगरपालिका १० आमझोकी बस्ने ७५ वर्षीय सोठिलाल चौधरी पनि आफ्नै घर नजिक रहेको नालामा मृत भेटिएका छन् ।
उनलाई मंगलबार मृत अवस्तामा फेला पारिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ६ शान्तिनगर टोल डेरा गरी बस्ने एक युवक पनि मृत भेटिएका छन् ।
वीरेन्द्रनगर नगरपालिका १२ घर भएका ३७ वर्षीय मिन बहादुर थापा आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका हुन्। उनको पनि मृत्युको कारण खुलेको छैन ।
त्यसैगरि रूकुम पूर्वको सिस्ने गाउँपालिका(६ आलास्थित काक्रीवाङ भन्ने जंगलको ओढारमा एक महिला मृत भेटिएकी छन्।
सोही ठाउँ बस्ने ४० वर्षीया लक्ष्मी विक मंगलबार जंगलको ओडारमा मृत अवस्थामा फेला परेकी हुन् । उनको मृत्युको कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
त्यसैगरि इलामको रोङ गाउँपालिका-५ मालबासे बस्ने ५५ वर्षीया निर्मला श्रेष्ठ पनि मृत भेटिएकी छन् ।
स्थानीय जंगलमा मंगलबार उनलाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
त्यसैगरि उदयपुरको रौतामाई गाउँपालिका-७ सौर्य वनमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूषको पनि शव भेटिएको छ।
मंगलबार नाम नखुलेका पुरुषलाई जंगलमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। यी सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्