रवि लामिछाने तारिख बुझ्न पोखरा पुगे

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १६

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न पोखरा पुगेका छन् ।

जिल्ला अदालत कास्कीमा तारिखका लागि रवि पोखरा गएका हुन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि धरौटीमा छुटेका थिए ।

पोखरा पुगेका लामिछानेले आफ्नी पत्नी निकिता पौडेललाई जन्मदिनको शुभकामना दिदै गतबर्ष पोखरामा प्रहरीको आँखा छलेर एक मिनेटमा गोलघरमा जन्मदिन मनाएको सम्झिएका छन् ।

मलाई सम्झना छ ,अघिल्लो वर्ष आजकै दिनमा तिम्रो जन्मदिनमा मलाई हिरासतबाट यहि कास्की जिल्ला अदालतमा ल्याइएको थियो । थुनुवाको रूपमा अदालत बाहिरको यहि गोलघरमा सबैको आँखा छलेर फटाफट दियो बाली दहि खुवाएर मैले तिमीलाई जन्मदिनको शुभकामना दिएको थिएँ। ठिक एक वर्षपछि आज फेरि तिम्रो जन्मदिन कै अवसरमा हामी यहि कास्की जिल्ला अदालतमा नै तारिख धाउन उपस्थित हुनु परेको छ। गत वर्ष प्रहरी साथीहरुको आँखा छलेर १ मिनेटमा तिम्रो जन्मदिन यहि गोलघरमा मनाइएको थियो । आज थोरै स्वतन्त्रता छ तर लडाइ वाँकि नै छ । हर लडाइमा हिम्मत साथ उभिने तिमीलाई जन्म दिनको अनेकौं शुभकामना । उनले भनेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *