×

प्रचण्डलाई छोरीहरुको जन्मदिनको शुभकामना: तपाईंकै पालामा नेपाल राष्ट्रको समृद्धिको सपना पूरा होस

मंसिर २६, २०८१ | दाक्सु मिडिया

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको आज जन्मदिन । जन्मदिनको अवसरमा छोरीहरु रेनु दाहाल र गंगा दाहालले शुभकामना दिएका छन् ।

प्रचण्डको स्वकीय सचिवसमेत रहेकी छोरी गंगाले त प्रचण्डकै पालामा नेपाल राष्ट्र र नेपाली जनताको समृद्धिको सपना पूरा होस भनेर शुभाकामना दिएकी छिन् ।

अघिल्लो वर्षको जन्मदिनमा प्रचण्ड सरकारको नेतृत्वमा थिए । त्यतिवेला अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली सरकार बाहिर थिए । पार्टीको अभियानमा रहेको बेलामा खोटाङमा पुगेका ओलीले प्रचण्डलाई फोनमार्फत जन्मदिनको शुभकामना दिएका थिए ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: