श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिलाई लिएर कडा असन्तुष्टि जनाएका छन्।
खुलामञ्चको विषयमा प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा गरेको टिप्पणीप्रति प्रतिक्रिया दिँदै साम्पाङले प्रधानमन्त्रीले आफ्नो पदको मर्यादा ख्याल गर्नुपर्ने बताएका हुन्।
साम्पाङका अनुसार प्रधानमन्त्रीजस्तो उच्च जिम्मेवारीमा रहेका व्यक्तिबाट सार्वजनिक रूपमा आउने अभिव्यक्ति संयमित र जिम्मेवार हुनुपर्छ। उनले प्रधानमन्त्रीको पदलाई व्यक्तिगत उपलब्धि देखाउने वा अरूमाथि व्यङ्ग्य गर्ने माध्यम बनाउन नहुने संकेत गरेका छन्।
उनले ‘मैले बनाएको बाटोमा हिँड्न पायौ’ भन्ने शैलीमा प्रधानमन्त्रीले अभिव्यक्ति दिनु उचित नभएको बताएका छन्। यस्तो प्रवृत्तिले भोलि त्यही बाटोमा हिँड्न नदिने अवस्था आउन सक्ने भन्दै उनले व्यङ्ग्यसमेत गरेका छन्।
प्रधानमन्त्री शाहले आइतबार राति खुलामञ्चमा नयाँ पार्टीले कार्यक्रम गरेर आलोचना गर्न पाएको भन्दै सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गरेका थिए। यही अभिव्यक्तिलाई लिएर साम्पाङले प्रधानमन्त्रीको पदको गरिमामाथि प्रश्न उठाएका हुन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्