संसद भवन अगाडि बिहानैदेखि सुरू भयो प्रदर्शन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २४

 काठमाडौं ।  मंगलबार बिहान संसद भवनअगाडि पुनः प्रदर्शनकारीहरू भेला भई प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका छन्।

जिल्ला प्रशासनले बिहान ८:३० बजेदेखि चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यू जारी गरे पनि भीड बढ्दै गएको छ।

प्रहरीका अनुसार केही हेर्न जम्मा भएका भनिए पनि प्रदर्शन उग्र बन्दै गएको छ।

सोमबारको आन्दोलनमा काठमाडौंमा १७ र इटहरीमा २ गरी १९ जनाको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *