संसद बैठकको शुरूमै एमालेद्वारा नाराबाजी

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र २३

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर विरोध जनाएको छ ।

पार्टीले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै संसद अधिवेशनको शुरुमै अवरोध गरेको छ ।

बैठकको सुरुमै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखको कदमको विरोध गर्दै जवाफ दिन आग्रह गरे पनि सभाुमुखको जवाफमा चित्त नबुझी उनीहरुले संसद बैठकमै नाराबाजी गरेका थिए।

सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।

एमालेले भदौ १ गते माधव नेपालसहित १४ जना प्रतिनिधिसभा सदस्यलाई निष्कासन गरिएको सूचना संसद सचिवालयलाई दिएकोमा सभामुखले कानून बमोजिम सूचना टाँस नगरी एमाले विभाजनमा भूमिका खेलेको आरोप छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *