एमसीसी’ विरुद्ध संसद भवन अगाडि प्रदर्शन : ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन

DaksuMedia दाक्सु मिडिया
|
२०७८ माघ २६

काठमाडौ : अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ विरुद्ध काठमाडौंको माइतीघर मण्डला र बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन भएको छ । ८ वटा राजनैतिक संगठनहरुले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् ।  नेपाल कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी लगायतले प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीको नेतृत्वमा प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *