×

एमसीसी’ विरुद्ध संसद भवन अगाडि प्रदर्शन : ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन

माघ २६, २०७८ | दाक्सु मिडिया

काठमाडौ : अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ विरुद्ध काठमाडौंको माइतीघर मण्डला र बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन भएको छ । ८ वटा राजनैतिक संगठनहरुले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् ।  नेपाल कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी लगायतले प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीको नेतृत्वमा प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: