आजै मध्यराती १२ बजेदेखि संसद अधिवेशन अन्त्य गरिने

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण ३२

काठमाडौं । सरकारले प्रतिनिधिसभा अधिवेशन अन्त्यको सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सामू सिफारिस गरेको हो ।

दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभा सर्वाेच्च अदालतले पुनःस्थापना गरिएसँगै ३ साउनमा पहिलो बैठक बसेको थियो । तरपनि सरकारले संसदलाई पर्याप्त बिजनेश दिएको थिएन । बिजनेश नहुँदा प्रतिनिधिसभा प्रभावकारी हुन सकेको गुनासो सांसदहरुले नै गर्दै आएका छन् ।

सरकार संसद अधिवेशन अन्त्य गरेर केही अध्यादेश ल्याउने तयारी गरेको स्रोतको भनाइ छ ।

विशेषगरी दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारीमा सरकार रहेको भन्दै आशंका हुने गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *