प्रधानमन्त्रीलाई हिटलर हो भनेर प्रश्न सोध्ने दुई जना पत्रकारको संसद पास निलम्बन

DaksuMedia दाक्सु मिडिया
|
२०८१ फाल्गुन २१

काठमाडौँ : संघीय संसद सचिवालयले दुई जना पत्रकारको पास निलम्बन गरेको छ । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले पत्रकारको दुई पत्रकार प्रकाश ओली र किशोर श्रेष्ठको पास निलम्बन गर्ने निर्णय गरेको हो ।

संघीय संसद सचिवालयले संसदको रिपोर्टिङका लागि छुट्टै पास प्रदान गर्दै आएको छ । यी दुई जनाले संसद सचिवालयले तय गरेको आचारसंहिता पालना नगरेको पाइएपछि पास निलम्बन गर्ने निर्णय भएको संसद सचिवलयका प्रवक्ता एकराम गिरीले बताए ।

उनीहरुले संसद सचिवालय परिसरमा प्रधानमन्त्रीसहितका असभ्य प्रश्न सोधेको र जसका कारण आचारसंहिता उलंघन भएको सचिवालयको जिकिर छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *