ट्रेड युनियन खारेजी कार्यान्वयनको बाटो खुल्यो, सर्वोच्चको निर्णय

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ३०

काठमाडौँ : निजामती कर्मचारी तथा शिक्षकहरूको ट्रेड युनियन खारेजी सम्बन्धी सरकारको निर्णय कार्यान्वयन गर्न सर्वोच्च अदालतले बाटो खोलिदिएको छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले अध्यादेशमार्फत गरिएको खारेजी रोक्ने यसअघिको अन्तरिम आदेश निरन्तर नरहने निर्णय सुनाएको हो। यससँगै सरकारको निर्णय कार्यान्वयनको प्रक्रिया अघि बढ्ने भएको छ।

प्रधान न्यायाधीश मनोजकुमार शर्मा सहितको इजलासले आज सुनुवाइ गर्दै उक्त फैसला गरेको हो। यसअघि सर्वोच्चकै अर्को इजलासले खारेजी कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो, जसलाई आजको निर्णयले निरन्तरता नदिने स्पष्ट गरेको छ।

यससँगै निजामती कर्मचारी तथा शिक्षक संगठनको ट्रेड युनियन संरचना सम्बन्धी कानुनी विवाद नयाँ मोडमा पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *