चीनमा ग्यास पाइपलाइन बिस्फोट,१२ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ ३०

३० जेठ, काठमाडौं। आइतबार बिहान चीनको हुबेई प्रान्तमा ग्यास पाइपलाइन बिस्फोट भएको छ।

उक्त बिस्फोटमा परि १२ जनाले घटनास्थलमै ज्यान गुमाएका छन् भने १३८ भन्दा बढीको उपचार भइरहेको छ। जसमध्ये ३९ गम्भीर घाइते छन्। हालसम्म पुलिसद्वारा १५० जनाको उद्धार गरिसकिएको छ।

बिस्फोट बिहान करिब साढे छ बजे जाङ्वान जिल्लाको सियान शहरको यान्हु मार्केटमा भएको थियो। बिस्फोटले बजारमा स्थित एक भवन ध्वस्त पारेको पनि जनाइएको छ।

चिनियाँ मिडिया सीसीटीभीका अनुसार सोहि भवन मुनि धेरै व्यक्तिहरू नास्ता खाँदै थिए । भवनको भुईंमा बिहानको नास्ता पसल र दोस्रो तल्लामा अपार्टमेन्टहरू रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *