ग्यास सिलिण्डर पड्किएर घाइते भएका भक्तपुरका मःम पसलका सञ्चालकको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र १३

काठमाडौं – ग्यास सिलिण्डर पड्केर आगलागीका घाइते भएका भक्तपुरको मःम पसलका सञ्चालकको उपचारका क्रममा मृत्यु भएको छ । गत आइतबार साँझ सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा ग्याँस सिलिण्डर पड्किएको थियो।

आगलागीमा परेर घाइते भएका मःम पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भई सूर्यविनायक दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेतको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कीर्तिपुर बर्न सेन्टर अस्पतालमा उपचारका क्रममा बस्नेतको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक गिरीले जानकारी दिए ।

आगलागीमा परेर मःम पसलका सञ्चालकसहित ६ जना घाइते भएका थिए । घाइते अन्य ५ जनाको भने उपचार भइरहेको डीएसपी गिरीले बताए। आगलागीमा परेर पसलमा खाजा खान आएका ३ जना ग्राहक पनि घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *