
अफगानिस्तानको राजधानी काबुलको पश्चिमी क्षेत्रमा शनिबार साँझ तीनवटा बम विस्फोट हुँदा कम्तिमा २५ जनाको मृत्यु भएको छ । उक्त बिस्फोट गर्लस होस्टेल नजिकै गराइएको थियो।
अफगान सरकारका प्रवक्ताका अनुसार अधिकांश घाइतेहरू सोही होस्टेलका छात्रा रहेका छन् । अहिले सम्म कुनै आतंकवादी संगठनले यसको जिम्मेवारी भने लिएको छैन।
घटना को समयमा विद्यालय छुट्टी थियो। पहिलो विस्फोट कारमा भए पश्चात अन्य दुई विस्फोट भएको विद्यालयका एक शिक्षकले दाबी गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया