बुधबार सेयर बजारका सबै सुचक घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २२

काठमाण्डौँ । बुधबार पनि उच्च दरमा नेप्से घट्ने क्रम रोकिएको छैन । दुई दिनमा नेप्सेले एक सय तीन अंक गुमाएको हो ।

मंगलबार ५८.५५ अंकले घटेको नेप्से बुधबार ४५.३६ विन्दुमा आएको छ। बजार बन्द हुँदा २५५९ विन्दुमा नेप्से आइपुगेको हो
।

भदौ २४ गतेको आन्दोलनको क्रममा भएको तोडफोडसँगै बीमा कम्पनीहरूमा परेको दाबी, हालैको बाढी पहिरोबाट जलविद्युत कम्पनीहरूमा भएको क्षतिले बजारलाई प्रभाव पारेको हो ।

यी घटनाले गर्दा सिजनमै पर्यटन आगमन घटेको छ । बजारमा रहेका बीमा, जलविद्युत् होटेल लगायतका यी क्षेत्र प्रभावित हुँदा सेयर बजार घट्ने क्रमले निरन्तरता पाइरहेको हो ।

यसदिन सबै समूहगत परिसूचक घटेका छन्। होटल र वित्त कम्पनी समूहमा सबैभन्दा धेरैले गिरावट आएको छ।

त्यस्तै, तीन सय ३५ लगानी उपकरण कारोबारमा आएकोमा दुई सय ७८ वटाको मूल्य घटेको छ, ४३ वटाको मूल्य बढेको छ । बाँकीको स्थिर छ ।

बुधबार पाँच अर्ब ७६ करोड रूपैयाँको सेयर कारोबार भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *