बुधबार नेप्सेको वृद्धि टिकेन, ९.७० अंक घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र ४

काठमाण्डौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ९.७० अंकले घटेर २७६७.२० विन्दुमा आइपुगेको छ । लगातार दुई दिन बढेको बजार तेस्रो दिन बुधबार घटेको हो ।

बजार घटेसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ । मंगलबार पाँच अर्ब ६३ करोडरूपैयाँको कारोबार भएकोमा बुधबार पाँच अर्ब २० करोडको कारोबार भएको छ ।

मंगलबार कारोबारमा आएका समूहगत परिसूचकमध्ये होटल तथा पर्यटन र सामूहिक लगानी कोष मात्रै बढेका छन् ।

आज सबैभन्दा बढी होटल समूहमा २ प्रतिशतले वृद्धि भएको हो । त्यस्तै, ब्यापारमूलक समूह सबैभन्दा धेरै एक प्रतिशतले घटेको छ ।

कारोबारमा आएक ३२३ कम्पनमध्ये ९५ वटाको मूल्य बढेको छ। त्यस्तै, दुई सय १६ वटाको सेयर मूल्य घटेको छ ।

आजैबाट कारोबारमा आएको विकास हाइड्रोको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ। कम्पनीको सेयर तीन सय २१ रूपैयाँ ३० पैसा पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *