बुधबार सेयर बजार घट्यो, खुम्चियो कारोबार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण २८

काठमाण्डौँ, २८ साउन । बुधबार सेयर बजार १०.५० अंक घटेको छ ।

सो गिरावटपछि नेप्से परिसूचक २७८५ अंकमा कायम भएको छ । कारोबारका क्रममा दिउँसो १ बजे नेप्से २८१३ अंकसम्म पुगेको थियो । त्यसपछिको ओरालो यात्रा करिब अन्तिम समयसम्म नै कायम रह्यो ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ६ अर्ब १६ करोडको भयो । ८९ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने एउटाको स्थिर रह्यो ।

आज व्यापारबाहेक अरु समूहका सूचकको उतारचढाव १ प्रतिशत मुनि नै सीमित रह्यो । व्यापार सबैभन्दा धेरै १.५० प्रतिशत घट्यो । बैंकिङ ०.६९, होटल तथा पर्यटन ०.५४, हाइड्रोपावर ०.३०, लगानी ०.०२, जीवन बीमा ०.५६, उत्पादन तथा प्रशोधन ०.१०, माइक्रोफाइनान्स ०.२२ तथा निर्जीवन बीमा ०.२७ प्रतिशत घटे ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा बलेफी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल पुनर्बीमा कम्पनी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *