हेटौंडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २१

काठमाण्डौँ । सडक डिभिजन हेटौंडाले बजारको मुख्य सडक विस्तार कार्य तत्कालका लागि स्थगित गरेको छ ।

हेटौंडा उपमहानगरभित्र पर्ने राष्ट्रिय लोकमार्गहरूको सडक सीमा संरक्षण कार्यक्रम, २०८२ लाई सर्वोच्च अदालतको उत्प्रेषण आदेशका कारण स्थगित गरिएको सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।

सडक डिभिजनले शनिबार एकैदिन करिब ५०० वटा घर भत्काएको थियो । भत्काइएको घरबाट सामन निकाल्न दुई दिनको समय दिइएको उनले बताए ।

सर्वोच्च अदालतले हेटौंडाको सडक विस्तार सम्बन्धी सूचना कार्यान्वयन नगर्न १९ मंसिरमा उत्प्रेषण आदेश दिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *