×

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

माघ १६, २०७८ | दाक्सु मिडिया

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबारका लागि बैठक बोलाइएकामा विशेष कारण देखाउँदै अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको हो । 
संघीय संसदका महासचिव डा भरतराज गौतमले आइबार जारी गरेको सूचनामा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बताएका छन् । यसअघि  प्रतिनिधिसभा बैठक पनि माघ २६ गतेसम्मका लागि स्थगित गरिएको थियो । 

एमालेले निरन्तर अवरोध गर्दै आएपनि संघीय संसदको बैठक पनि प्रभावित हुँदै आएको छ । यही बीचमा कोरोना महामारी समेत फैलिएको अवस्थामा बैठक बस्न बस्न थप कठिनाइ भएको हो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: