हेटौंडामा घर बनाउन सहुलियतपूर्ण ब्याजका लागि पहल गर्ने निर्णय

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २१

काठमाण्डौँ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले हेटौंडामा घर बनाउन सहुलियतपूर्ण ब्याजका लागि पहल गर्ने निर्णय गरेको छ ।

सडक विस्तार गर्न शनिबार हेटौंडाका सडक आसपासमा रहेका घरमा डोजर लगाइएको थियो। अदालतको आदेशविपरीत डोजर लगाएको भन्दै आलोचना पनि भएको छ।

आज बसेको उपमहानगरको ७६ औं कार्यपालिका बैठकले मंसिर ११ गतेको ७५ औं नगर कार्यपालिका बैठकबाट भएका निर्णयको कार्यान्वयनका सम्बन्धमा समीक्षा गरेको थियो ।

हेटौंडा बजारभित्र पर्ने राजमार्गको दायाँ-बायाँ सडक विस्तार गर्न सहयोग गर्नु हुने घरधनी, व्यवसायी, उपमहानगरबासी र अन्य सरोकारवाला सम्पूर्णमा धन्यवाद ज्ञापन गर्ने निर्णय उपमहानगरको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *