|
२०८२ आश्विन १५
घटस्थापनादेखि आठ दिनमा ५ लाख ५३ हजार २६१ जना बाहिरिए
काठमाडौं, १५ असोज —दशैं पर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यका छाड्नेहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि मंगलबार बेलुकीसम्म ५ लाख ५३ हजार २६१ जनाले उपत्यका छाडेका छन्।
उपत्यकाबाट बाहिरिने प्रमुख नाका—कलंकी, नागढुंगा, साँगाबाट यात्रुहरूको घुइँचो लागिरहेको छ। सार्वजनिक सवारी साधनहरूमा चाप अत्यधिक बढेको छ भने ट्राफिक व्यवस्थापनमा सुरक्षाकर्मीहरू खटिएका छन्।
प्रहरीका अनुसार यो संख्या अझै बढ्ने अनुमान गरिएको छ, किनभने धेरै नागरिकले विजया दशमी नजिकिएपछि मात्र यात्रा गर्ने योजना बनाएका छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्