×

तीन दिनमा सडकमार्ग हुँदै उपत्यकाबाट ८९ हजार बाहिरिए

अशोज २०, २०८१ | दाक्सु मिडिया

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी रविन कार्कीका अनुसार घटस्थापना यताको तीन दिनमा ८९ हजार ७१३ जनाले सडकमार्गबाट काठमाडौं उपत्यका छाडेका छन् ।

ट्राफिक तथ्यांकअनुसार घटस्थापनाको दिन बिहीबार १३ हजार ६२८, शुक्रबार ४७ हजार ६२३ र शनिबार २८ हजार ४६२ ले उपत्यका छाडेका छन् । ‘बाढीपहिरोले असर गरेको छ, पूर्व जाने कतिपय सडक अझै अवरुद्ध छन् । पहिरो पनि खसिरहेको छ । पानी पर्छ भन्ने समाचार पनि आइरहेका छन्,’ डिएसपी कार्कीले भने, ‘त्यही भएर उपत्यका छाड्ने घटेका हुन् । काठमाडौं आउने पनि खासै छैनन् ।’

सरकारले १० देखि १२ असोजसम्म त धेरैजसो जिल्लामा रात्रिकालीन बस नै बन्द गरेको थियो । १४ असोजयता उपत्यका छाड्नेको संख्या दुई लाख २३ हजार ९५८ मात्र छ । जब कि यसअघिका वर्षमा घटस्थापनादेखि नै काठमाडौं छाड्नेको संख्या बढ्थ्यो । यस अवधिमा दैनिक एक लाख हाराहारीले काठमाडौं छाड्थे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: